जिल्ला प्रशासन कार्यालय कैलालीले शनिवार बाहेकका बिदाका दिनमा सेवा दिने

धनगढी- जिल्ला प्रशासन कार्यालय कैलालीले शनिवार बाहेकका सार्वजनिक बिदाका दिनहरूमा सेवा प्रवाह गर्ने जनाएको छ । प्रशासन कार्यालयले एक सूचना प्रकाशित गर्दै नागरिकता, राहदानी तथा राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा बिदाका दिनमा पनि नियमित रूपमा उपलब्ध हुने जनाएको हो ।

Dadeldhura hospital

प्रशासकीय अधिकृत शिवराज जोशीद्वारा जारी सूचनामा वैशाख १ गते देखि लागु हुने गरी वर्ष भरी शनिवार बाहेकका बिदाका दिन नागरिकता, राहदानी र राष्ट्रिय परिचय पत्र सम्बन्धी सेवा सुचारु रहने उल्लेख छ ।

Navadurga sun
Godawari sandesh

जस अन्तर्गत बुद्ध जयन्ती, गणतन्त्र दिवस, पृथ्वी जयन्ती, घटस्थापना, उँधौली पर्व, क्रिसमस डे, तमु ल्होसार, पृथ्वी जयन्ती (राष्ट्रिय एकता दिवस), माघे सङ्क्रान्ति, सोनम ल्होछार, सहिद दिवस, महाशिवरात्रि, ग्याल्पो ल्होसार, राष्ट्रिय प्रजातन्त्र दिवस, अन्तर्राष्ट्रिय महिला दिवस, इद, बकर इदको बिदामा पनि सेवा प्रभाव हुने जनाइएको छ ।

Loading...