सशस्त्र प्रहरी बल नेपाल बडिमालिका शिक्षालयबाट १ सय १९ जवान दिक्षित

अत्तरिया- सशस्त्र प्रहरी बल नेपाल बडिमालिका जवान तालिम शिक्षालय बनबेहडाको दिक्षान्त समारोह सम्पन्न भएको छ । सो समारोहमा ४२ हप्ताको आधारभुत जवान तालिम सम्पन्न गरी १ सय १९ जना दिक्षित भएका छन् ।

शिक्षालयका सशस्त्र प्रहरी उपरीक्षक डम्बर बिष्टका अनुसार २०८१ साल जेठ ७ गतेबाट शुरु भएको आधारभुत तालिम सम्पन्न भएको हो । सिसम २ सय ३७ को आधारभुत तालिममा जम्मा १ सय २६ जना प्रशिक्षार्थी सहभागी भएपनि ५ जनालाई शारिरिक समस्याका कारण तालिम पुर्ण रुपमा लिन नसकेको र २ जना तालिमबाटै भाँगेको बिष्टले बताए ।

Navadurga sun

आधारभुत तालिम सम्पन्न पश्चात समारोहका प्रमुख अतिथि राष्ट्रिय सशस्त्र प्रहरी बल प्रतिस्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायब महानिरीक्षक लक्ष्मण बहादुर सिहं, सशस्त्र प्रहरी बल नेपाल बडिमालिका जवान तालिम शिक्षालय बनबेहडाका प्रमुख सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक कृष्णराज पाठक, गौरिगंगा नगरपालिकाका उप प्रमुख भोज बम लगायत अधिकृतहरुले दिक्षित भएका जवानहरुलाई टिका तथा माला सहित सुभकामना प्रदान गरेका हुन् ।

समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सशस्त्र प्रहरी बल प्रतिस्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायब महानिरिक्षक लक्ष्मण बहादुर सिहंले सशस्त्र प्रहरी बल देशको सेवामा सधैं कटिबद्ध रहेको बताए । सशस्त्र प्रहरी बलले आफ्नो जिम्मेवारी कर्तब्यनिस्ठ भएर निर्बाह गरेको सर्बविदितनै छ उनले भने “यो समारोहमा दिक्षित भएका जवानहरुलेपनि मुलुकको संबिधानको पुर्ण पालना गर्दै आफ्नो कर्तब्य पालना गर्ने छ भन्ने बिश्वास लिएको छु ।” आफ्नो काममा दत्तचित्त भई सशस्त्र प्रहरी आम नागरिकको नजरमा समेत उत्कृष्ठ बन्नुपर्ने उनको भनाई थियो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...