

अत्तरिया- कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को मतदान सम्पन्न भएको छ । आज सुदूरपश्चिम विश्वविद्यालय (सुप) अन्तरगतका विद्यालयहरूमा स्ववियु निर्वाचन कार्यतालिका अनुसार दुर्गालक्ष्मीमा पनि आज मतदान भएको हो ।




मतदान शान्तिपूर्णरुपमा सम्पन्न भएको निर्वाचन अधिकृत लोक बहादुर महराले बताएका छन् । महराका अनुसार क्याम्पसमा करिब ७४ प्रतिशत मत खसेको छ ।


क्याम्पसमा एक हजार १२८ जना मतदाता रहेकोमा ८३१ मत खसेको छ । मत पेटीका संकलनको प्रक्रिया सकिए लगत्तै मतगणना सुरु गरिने महराले बताएका छन् ।
आज बिहान ८ बजे देखि अपराह्र ४ बजे सम्म मतदानका समय तोकिएको थियो । दुर्गालक्ष्मीमा नेविसघं र संयुक्त अखिल गरि दुई संगठन बिच प्रतिष्पर्धा हुँदैछ । नेविसंघबाट भुवन महरा र संयुक्त अखिलबाट बम बहादुर विक अध्यक्षका उमेदवार रहेका छन् ।

