लागु औषध गाँजासहित युवक पक्राउ






जनकपुरधाम– सर्लाहीमा प्रहरीले गरेको चेकजाँचका क्रममा बसमा सबार एक युवक लागु औषध गाँजासहित पक्राउ परेका छन् । सिन्धुलीको बरुणबाट लालबन्दीतर्फ आउँदै गरेको यात्रुबाहक बसलाई लालबन्दी नगरपालिका-७ मा चेकजाँच गर्दा बसमा सबार १९ वर्षीय सुवास मोक्तान २ किलो २०० ग्राम गाँजासहित पक्राउ परेका हुन् ।


लालबन्दी नगरपालिका १४ डाइनी खोला घर बताउने मोक्तान झोलामा गाँजा राखेका थिए । उनलाई नियन्त्रणमा लिई अन्य अनुसन्धान सुरु गरिएको सर्लाही प्रहरीका प्रवक्ता मदन कुँवरले जानकारी दिए ।



