

अत्तरिया- सुदूरपश्चिम विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नेतृत्व छिन्नभिन्न पार्न दुई प्रमुख गठबन्धनहरू मैदान उत्रिएका छन् ।


अत्तरियाको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको मतदान केन्द्रमा संयुक्त अखिल र नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आफ्ना उम्मेदवारी दर्ता गरी प्रचार प्रसारमा ब्यस्त देखिन्छन ।




संयुक्त अखिलले पाँच विद्यार्थी संगठनको ताकत समेटेर बम बहादुर विकलाई सभापतिको उम्मेदवार बनाएको छ भने नेविसंघले अनुभवी नेता भुवन महरालाई नेतृत्वलाई पुनः टिकट दिई दोहोर्याउदै दाउमा लागेका छन । दुवै पक्षले आफ्नो टिमलाई विविधतापूर्ण बनाउने प्रयास गरेका छन् ।
सुदूरपश्चिम विश्वविद्यालय प्रशासनले निर्वाचनलाई निष्पक्ष बनाउन विशेष तयारी गरेको छ । यस निर्वाचनले विश्वविद्यालयको भविष्यको नीति निर्धारण गर्नेछ ।
नेविसंघले अनुभव र संयुक्त अखिलले युवा उर्जालाई बढावा दिन खोजेको देखिन्छ । चुनाव नतिजाले विश्वविद्यालयको राजनीतिक दिशा निर्धारण गर्नेछ ।

