दुर्गालक्ष्मीमा स्ववियु निर्वाचनका लागि ९ संगठन दर्ता

अत्तरिया- स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि कैलालीको गोदावरी स्थित वनखेतमा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा ९ वटा विद्यार्थी संगठनहरु दर्ता भएका छन् ।

सुदूरपश्चिमाञ्चल विश्वविद्यालय अन्तरगत चैत २७ गते हुने निर्वाचनको लागि मंगलबार दुर्गालक्ष्मीमा ९ वटा विद्यार्थी संगठन दर्ता भएका हुन् ।

जस्मा नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (छैठौं), , अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन ( क्रान्तिकारी), प्राज्ञिक विद्यार्थी परिषद् नेपाल, अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी), राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले संगठन रहेका छन् ।

Loading...