गोदावरीबाट भन्सार छलीको सामान बरामद

अत्तरिया- कैलालीको गोदावरीबाट २ लाख १० हजार बराबरको भन्सार छलीको सामान बरामद गरिएको छ ।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक गंगा बहादुर थापाको कमान्डमा खटिएको टोलीले गोदावरी नगरपालिका- ४ वनदेबी मन्दिर नजिक सडक किनारबाट बच्चाका खेलौना, कस्मेटीक सामान, सलाईका बोराहरू, गाडिका सामान, स्टीलपलास्टीकका भाडाकुडा हरू, मुगफली लगायतका सामान बरामद गरेको हो । वेवारिसे अवस्थामा बरामद गरिएका अवैध सामान त्रिनगर भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

Loading...