



अत्तरिया- कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा आज शोक बिदा दिइएको छ ।


क्याम्पसमा अध्ययनरत छात्र जीवनसागर अवस्थीको निधन भएकोले क्याम्पसमा आज शोक बिदा दिइएको हो । सिएसआइटिइ सातौं सेमिस्टरमा अध्ययनरत अवस्थीको जन्डिसका कारण आइतबार निधन भएको हो ।

