धनगढी ऐश्वर्य विद्या निकेतनले ३८ विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिमा पढाउँदै

धनगढी- धनगढी उपमहानगरपालिका वडा न. ५ हसनपुरमा रहेको ऐश्वर्य विद्या निकेतनले उपमहानगरपालिकाका भित्रका ३८ जना विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिमा पढाउने भएको छ ।

शनिवार विद्यालय प्राङ्गणमा आयोजित एक कार्यक्रममा १९ वटै वडाका वडाध्यक्षहरुले सिफारिस गरेका २ \२ जना गरी ३८ जना जेहन्दार विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिमा पढाउने गरी विद्यालय र वडाध्यक्षहरु बीच सम्झौता भएको छ । सम्झौतामा वडाध्यक्षले सिफारिस गरेको जेहन्दार विद्यार्थी हुनुपर्ने र सम्झौता एक शैक्षिक सत्रसम्म कायम रहने जनाइएको छ ।

Navadurga sun

विद्यालयका निमित्त प्राचार्य संजय कुमार पन्तले ऐश्वर्य विद्या निकेतनलाई अहिले पनि समाजले निजी विद्यालयकै रुपमा हेरेको भन्दै अब त्यो दृष्टिकोणमा परिवर्तन गरिनुपर्ने बताए । उनले ऐश्वर्य विद्या निकेतन धनगढीको मात्र नभई समग्र सुदूरपश्चिम प्रदेशकै सम्पत्ति भएको हुँदा यसको श्रीवृद्धिका लागि सहयोग गरिदिन सबैलाई आग्रह गरे ।

धनगढी उपमहानगरपालिकाका हरेक नागरिकले ऐश्वर्य मेरो विद्यालय हो भनेर गौरव गर्ने वातावरण बनोस भनेर नै सम्पूर्ण वडाका जनप्रतिनिधि वडाध्यक्षहरु सँग भेटघाट तथा सम्झौता कार्यक्रम आयोजना गरिएको बताएका छन ।

त्यस्तै विद्यालयका शिक्षक कमल राज जोशीले सुदूरपश्चिम प्रदेशको शैक्षिक उन्नयनका लागि कैलाली बहुमुखी क्याम्पस र ऐश्वर्य विद्या निकेतन सँगसँगै स्थापना भएर सँगसँगै अगाडि बढेपनि समाजले ऐश्वर्यलाई साँघुरो नजरबाट हेरेको भन्दै दुख व्यक्त गरे । जोशीले ऐश्वर्य समाजको सम्पत्ति भएकाले राजनीतिक आग्रह वा पूर्वाग्रह बिना नै ऐश्वर्यलाई सबैले सहयोग गर्न अपिल गरे ।

सुदूरपश्चिम प्रदेश सभाकी सदस्य सन्तोष कुमारी शर्माले सुदूरपश्चिम प्रदेश भरीमै ठूलो विरासत बोकेको ऐश्वर्य विद्या निकेतनलाई सबैले सहयोग गर्नुपर्ने बताएकी छन ।

ऐश्वर्य विद्या निकेतन व्यवस्थापन समिति सदस्य तथा वडा न ५ का अध्यक्ष गजेन्द्र बहादुर शाहीले धनगढी उपमहानगरपालिकाले ऐश्वर्य विद्या निकेतनलाई कहिल्यै खुलेर सहयोग नगरेको बताए । उनले उपमहानगरपालिकाको गौरवको रुपमा रहेको ऐश्वर्य विद्या निकेतनलाई उपमहानगरपालिकाले प्रत्यक्ष सहयोग गर्नु पर्ने बताए ।

वडाध्यक्ष शाहीले नगरप्रमुख गोपाल हमालको स्वास्थ्य अवस्था ठिक हुने बित्तिकै १९ वटै वडाका वडाध्यक्ष गएर ऐश्वर्य विद्या निकेतनका बारेमा गम्भिर रुपमा छलफल गर्ने बताएका छन ।

ऐश्वर्य विद्या निकेतन व्यवस्थापन समितिका अध्यक्ष तथा धनगढी उपमहानगरपालिकाका पूर्व नगरप्रमुख नृप बहादुर वडाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभाकी सदस्य सन्तोष कुमारी शर्मा, ऐश्वर्य बहुमुखी क्याम्पसका प्रमुख धर्मदेव भट्ट, १९ वटै वडाका वडाध्यक्षहरु, विद्यालयका विभिन्न विभागीय प्रमुखहरु, पत्रकार महासंघ कैलालीकी अध्यक्ष श्रवण देउवा लगायतको उपस्थिति रहेको थियो ।

विद्यालयका शिक्षक प्रतिनिधि राजेन्द्र भट्टले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन शिक्षक कमल राज जोशीले गरेका थिए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...