

अत्तरिया- कैलालीको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्टको सरुवा भएको छ । भट्टको कञ्चनपुरको बेदकोट नगरपालिकामा काज सरुवा भएको हो ।




संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार सूचना प्रकाशित गर्दै भट्टलाई बेदकोट नगरपालिकामा कामकाजमा खटाइएको जनाएको छ । २०८० असोज ८ गते हाजिरी भएका भट्ट करिब १८ महिना गोदावरीमा कार्यरत रहेका थिए । भट्टको सरुवा भएसँगै नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विहीन बनेको छ ।


मन्त्रालयले भट्टको ठाउँमा अन्य कर्मचारी तोकेर पठाएको छैन । त्यस्तै नगरपालिकामा कार्यरत लेखापाल दिल बहादुर सिँहको स्थानमा प्रकाश भट्ट आउने भएका छन् ।
कोष तथा लेखा नियन्त्रण कार्यालयमा कार्यरत भट्ट लेखापालको रुपमा गोदावरीमा आउन लागेको नगरपालिकाका सूचना अधिकारी शिवराज भाटले जानकारी दिए ।

