

धनगढी- कैलालीबाट बझाङकी एक महिला चरेशसहित पक्राउ परेकी छिन् ।




कैलालीको गोदावरी नगरपालिका–९ बिजुलियाबाट बझाङको केदारस्यु गाउँपालिका घर भई हाल गोदावरी नगरपालिका–९ बिजुलिया बस्ने ४५ वर्षकी महिला गौरी गुरुधामी पक्राउ परेकी हुन् ।


गुरुधामीलाई २५० ग्राम चरेशसहित वडा प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।

