

अत्तरिया- कैलालीको अत्तरिया उद्योग वाणिज्य संघले विधान अनुसार दाबी गर्दै मनोनीत गरेका सदस्यहरुको मनोनयन अदालतले खारेज गरेको छ ।


संघले पुष २८ गते ६ जना सदस्यलाई मनोनीत गरेको थियो । उच्च अदालत दिपायलले उक्त मनोनयन विधान सम्मत नभएको भन्दै खारेज गरेको अदालतको पूर्ण पाठमा उल्लेख गरेको छ ।




यस्तै अदालतले विधान बमोजिम संघका सदस्य र पदाधिकारीको समेत पदपूर्ति गर्न गराउन अत्तरिया उद्योग वाणिज्य संघका नाममा परमादेश जारी गरेको छ ।
यस्तै अदालतले कैलाली जिल्ला प्रशासनलाई विधान बमोजिम उद्योग वाणिज्य संघ संचालन गर्न निर्देशन दिन समेत आदेश जारी गरेको छ । अत्तरिया उद्योग वाणिज्य संघ जिल्ला प्रशासन कैलालीमा दर्ता रहेको संस्था हो ।
उक्त संस्थाका संस्थाको नेतृत्व प्रती असहमति जनाउँदै गत मंसिर ५ गते ११ जनाले राजिनामा दिएका थिए । अदालतले संघले पछि मनोनीत गरेका ६ जना सदस्य समेत गर्दा पनि बिधिबत रूपमा बैठक बस्नको लागि गणपूरक संख्या नपुगेको ठहर गरेको छ ।

