कञ्चनपुरका ६ क्याम्पसमा स्ववियु निर्वाचनको मतपरिणाम सार्वजनिक

कञ्चनपुर- त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत कञ्चनपुरका ६ क्याम्पसमा मंगलबार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ ।

दोधारा चाँदनीस्थित भानु बहुमुखी क्याम्पस, बेलडाँडीको रौलेश्वर आदर्श बहुमुखी क्याम्पस, बेलौरीस्थित महाकाली बहुमुखी क्याम्पस, पुनर्वासको जनता बहुमुखी क्याम्पस, कलकत्तास्थित रामपुर बहुमुखी क्याम्पस र गुलरियाको कञ्चन बहुमुखी क्याम्पसमा निर्वाचन सम्पन्न भएको थियो ।

अन्तिम नतिजा अनुसार चार क्याम्पसमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) विजयी भएको छ भने दुई क्याम्पसमा नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले जित हात पारेका छन् ।

विजयी उम्मेदवारहरू
जनता बहुमुखी क्याम्पस, पुनर्वास : नेविसंघका विकास खड्का प्यानल सहित विजयी ।
रौलेश्वर आदर्श बहुमुखी क्याम्पस, बेलडाँडी : नेविसंघका मोहन जैसी विजयी ।
भानु बहुमुखी क्याम्पस, दोधारा चाँदनी : नेविसंघका सुवास नेगी प्यानल सहित विजयी ।
कञ्चन बहुमुखी क्याम्पस, गुलरिया : नेविसंघका सुनिल ऐर विजयी ।
रामपुर बहुमुखी क्याम्पस, बेलौरी : अखिल क्रान्तिकारीकी रविना राना प्यानल सहित निर्वाचित ।
महाकाली बहुमुखी क्याम्पस, बेलौरी : अखिल क्रान्तिकारीका दीपक चौधरी निर्वाचित ।

केही क्याम्पसहरूले स्ववियु निर्वाचनको प्रक्रिया नै अगाडि बढाउन सकेनन् भने कतिपयमा विद्यार्थी संगठनहरूले तालाबन्दी गरेका थिए । निर्वाचन सम्पन्न भएका क्याम्पसहरूमा मतगणना सकिएपछि आधिकारिक रूपमा विजयी उम्मेदवारहरूको घोषणा गरिएको क्याम्पस प्रशासनहरूले जनाएका छन् । निर्वाचन शान्तिपूर्ण र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको जनाइएको छ ।

Loading...