

अत्तरिया- कैलालीको गोदावरीबाट १ लाख ५७ हजारको भन्सार छलीको सामान बरामद गरिएको छ ।




गोदावरी नगरपालिका वडा नम्बर- ४ स्थित वनदेबी मन्दिर नजिकबाट कुर्ता, टाउजर, सुर्ति, बिडी, आन्टी र टिकटक भिडियो बनाउन प्रयोग गरीने मेसीन लगायतका १ लाख ५७ हजार ६ सय बराबरका सामान बरामद गरिएको हो ।


इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक गंगा बहादुर थापाको कमाण्डमा खटिएको टोलीले बरामद गरेको उक्त सामान त्रिनगर भन्सार कार्यालय पठाइएको जनाइएको छ ।

