

धनगढी- धनगढी विमानस्थलबाट काठमाडौँ उड्ने क्रममा कञ्चनपुरका भुवन नाथ चरेस सहित पक्राउ परेका छन् ।




धनगढी उपमहानगरपालिका–१३ एयरपोर्टमा वुद्ध एयरको उडानद्वारा धनगढीबाट काठमाडौं जानेयात्रु कञ्चनपुरको वेदकोट नगरपालिका–८ बस्ने २१ वर्षीय नाथलाई विमानस्थलमा पक्राउ गरिएको हो ।


नाथलाई विमानस्थलमा चेकजाँच गर्दा ६ ग्राम ७०० मिलिग्राम चरेशसहित बिमानस्थल सुरक्षा गार्ड गेटाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।

