

अत्तरिया- धनगढीको शिवपुरी उत्तररामेश्वर ज्यातिर्लिङग धाममा लागेको महायज्ञको आयव्यय सार्वजनिक गरिएको छ । मंगलबार धाम विकास समितिले पत्रकार सम्मेलन गरेर आयव्यय सार्वजनिक गरेको हो । यहि फागुन २ गते देखि १५ गते सम्म आयोजना भएको महायज्ञमा ३५ लाख बढी रुपैयाँ संलकन भएको छ ।


समितिका अनुसार ३५ लाख १३ हजार ३ सय १ रुपैयाँ संकलन भएको समितिले जनाएको छ । महायज्ञ व्यवस्थापन समितिका संयोजक तिलख बोहराले दिएको जानकारी अनुसार २७ लाख २१ हजार २ सय ९८ रुपैयाँ खर्च भएको छ ।




महायज्ञ आयोजना गर्दा उक्त रकम खर्च भएको हो । ७ लाख ९२ हजार ३ रुपैयाँ बचत भएको पत्रकार सम्मेलनमा बोहराले जानकारी दिए । महायज्ञ सञ्चालन गर्दा सबै भन्दा बढी टेन्ट व्यवस्थापन र बाह्मणलाई दक्षिणमा खर्च भएको छ ।
टेन्ट हाउस व्यवस्थापनमा ७ लाख ७५ हजार खर्च भएको छ भने बाह्मणलाई दक्षिणामा ७ लाख १८ हजार ६ सय ५० रुपैयाँ खर्च भएको पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।
शिवपुरी धामलाई धार्मीक पर्यटकीय स्थलको रुपमा विकास गर्नका लागि मन्दिर व्यवस्थापन समितिले हरेक बर्ष फागुनमा महायज्ञ सञ्चालन गर्ने गरेको छ । पत्रकार सम्मेलनमा महायज्ञ सञ्चालन गर्दा सक्रिय व्यक्तिहरुलाई सम्मान समेत गरेको थियो ।

