प्याब्सनको केन्द्रिय सचिवमा हमालको दाबी

अत्तरिया- निजि तथा आवासिक विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को केन्द्रिय सचिवमा सुदूरपश्चिमका यज्ञराज हमाल (योगेन्द्र) ले दाबी गरेका छन् ।

काठमाडौ फागुन २६ गते देखि शुरु हुने १६ औँ राष्ट्रिय महाधिवेशनमा उनले उक्त पदमा उम्मेदवारी दिने भएका छन् ।

उनी हाल प्याब्सनको केन्द्रिय सदस्य हुन । हमाल बिगत २८ बर्ष देखि शिक्षा क्षेत्रमा सकृय छन् ।संस्थागत बिधालय को हकहितको लागि आफुले उम्मेदवारी दिएको हमालले बताए ।

हमाल गोदावरी -२ मा रहेको जन कल्याण इङलिस स्कुलका संस्थापक हुन । हमाल विद्यालय क्षेत्र संगै विभिन्न सामाजिक संस्थामा पनि सकृय छन् । सुदूरपश्चिम प्रदेशमा मात्रै प्याब्सनका ६० मतदाता सदस्य रहेका छन् । 

Loading...