भोलि सुदूरपश्चिम आउनु हुँदै प्रधानमन्त्री ओली

धनगढी- प्रधानमन्त्री केपी शर्मा ओली आइतबार सुदूरपश्चिम आउने भएका छन् । सो क्रममा उनले प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ । 

आइतबार दिउँसो १ बजे सभाको बैठकलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ । यस अघि प्रदेश सभाको पहिलो कार्यकालमा पनि नेकपाको सरकार भएको बेला प्रधानमन्त्री ओलीले सुदूरपश्चिम प्रदेश सभालाई सम्बोधन गरेका थिए ।

ओली आइतबार नै सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा पनि सहभागी हुने कार्यक्रम छ । विश्वविद्यालयबाट १ हजार ३ सय ७७ जना दीक्षित भइरहेका छन् । ओलीले आइतबार नै धनगढी उपमहानगरपालिकामा निर्माण सम्पन्न भएको सिटी हलको उद्‌घाटन गर्ने कार्यक्रम पनि तय भएको छ ।

Loading...