

अत्तरिया- अछाम वैजनाथ सेवा समाजले अत्तरियामा होली महोत्सवको आयोजना गर्ने भएको छ ।




समाजले फागुन २५ र २६ गते कैलालीको गोदावरी नगरपालिका वडा नम्बर-२ स्थित अत्तरिया वनखेतको शिव मन्दिर प्रांगणमा होली महोत्सवको आयोजना गर्ने भएको हो ।


होली महोत्सवमा उपस्थित भएर एकआपसमा सद्भाव साँट्न समाजले सबैलाई आग्रह गरिएको छ । समाजका अगुवा युबा बम बहादुर बोगटीले सो अवसरमा चर्चित देउडियाको साथमा डेउडा पनि खेलिने बताए ।

