प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम टिमको घोषणा

प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको टिम घोषणा भएको छ । आइतबार देखि सुरु हुने पीएम कपका नारायण जोशीको कप्तानीमा टोली घोषणा भएको हो ।

Dadeldhura hospital

टिममा हेमन्त धामी, शेर मल्ल, विकास आग्री, टेक रावत, प्रकाश पाण्डेय, किरण ठगुन्ना, मिलन बोहरा, निश्चल क्षेत्री, सुशील चन्द, शौर्य श्रेष्ठ, भोजराज भट्ट, खडक बोहरा, राहुल भण्डारी र अर्जुन बिक छन् ।

Navadurga sun
Godawari sandesh

त्यस्तै, वैकल्पिक खेलाडीमा हिक्मत महरा, बसन्त खत्री, सचिन भट्ट र गजेन्द्र भण्डारी छन् । प्रशिक्षकमा दीपेन्द्र बहादुर चन्द, व्यवस्थापकमा सन्तोष भट्ट र ट्रेनरमा साजन गौतम छन् । पीएम कप यस पटक लुम्बिनी प्रदेशका तीन क्रिकेट मैदानमा हुँदै छ ।

Loading...