कैलालीमा लागूऔषध सहित बर्दियाका एक युवक पक्राउ

कैलाली- कैलालीमा लागूऔषध सहित बर्दियाका एक युवक पक्राउ परेका छन् ।

कैलालीको टीकापुर नगरपालिका–९ खक्रौला सडक खण्डबाट भे १३ प ८२७ नम्बरको मोटरसाइकललाई भारतबाट नेपाल तर्फ आइरहेको अवस्थामा चेकजाँच गर्दा बर्दियाको राजापुर नगरपालिका–१ बस्ने २७ वर्षीय सुमन चौधरी पक्राउ परेका हुन् ।

चौधरीको साथबाट ८ सय मिलिग्राम लागूऔषध (खैरो हेरोइन) फेला पारी उक्त पदार्थ, मोटरसाईकल सहित उनलाई इलाका प्रहरी कार्यालय टीकापुर र प्रहरी चौकी कालाकुण्डाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।

Loading...