हाइसको ठक्करबाट एक बालक घाइते

धनगढी- कैलालीमा हाइसको ठक्करबाट एक बालक घाइते भएका छन् ।

जिल्लाको गौरीगंगा नगरपालिका–४ मंगलपुर स्थित चालक कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ गुलरिया बस्ने हिमाल खड्काले चलाएको से १ ख १३८ नम्बरको हाइसले रोड क्रस गर्ने क्रममा १४ वर्षीय बालक मोहन साउँदलाइ ठक्कर दिएको प्रहरीले जनाएको छ । घाइते मोहनको नवजीवन अस्पताल धनगढीमा उपचार भइरहेको जनाइएको छ।

Loading...