

धनगढी- कैलाली कञ्चनपुरबाट प्रहरीले भन्सार छलीको सामान बरामद गरेको छ । बिहीबार कैलालीको धनगढी, कैलारी र कञ्चनपुरको भीमदत्त नगरपालिकाबाट प्रहरीले भारतबाट भन्सार छली ल्याएको अवैध सामान बरामद गरेको हो ।




धनगढी उपमहानगरपालिका ७ मनेहरा, धनगढी उपमहानगरपालिका ३ शिशा पोष्ट, कैलारी गाउँपालिका ३ खोनपुर, कैलारी गाउँपालिका ३ शिवरत्नपुरबाट २ लाख ६५ हजार ९ सय बराबरको बिडी, सुर्ती, गुड्खा, मेसिन, आइरन, चप्पल, स्याम्पु, बच्चाको खेलौना, बच्चाको टोपी, लेहेंगा लगायतका सामानहरू बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।


यस्तै भीमदत्त नगरपालिका १६ बडवाल टोलबाट ३४ हजार बराबरको बच्चाको खेलौना तथा किराना सामानहरू बरामद गरिएको छ ।

