चेक अनादर मुद्दामा फरार एक जना पक्राउ

धनगढी- चेक अनादर मुद्दामा फरार धनगढीका एक जना पक्राउ परेका छन् ।

जिल्ला अदालत कैलालीबाट चेक अनादर मुद्दामा १ हजार  जरिवाना तोकेपछि फरार रहेको प्रतिवादी जिल्ला कैलाली धनगढी उपमहानगरपालिका–८ बस्ने ५१ वर्षीय बिक्रम चौधरी पक्राउ परेका हुन् ।

चौधरीलाई वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले उनकै घरबाट पक्राउ गरी अदालतमा पेश गरेको छ ।

Loading...