

अत्तरिया- कैलालीको अत्तरियामा रहेको पुष्पाञ्जली आवासीय माध्यामिक विद्यालयको ३६ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।


आइतबार (आज) विद्यालयका सञ्चालक यमप्रसाद भण्डारीको सभा अध्यक्षतामा सम्पन्न वार्षिकोत्सव तथा अभिभावक दिवसको प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्ट रहेका थिए ।




विद्यालयका विद्यार्थीहरूले विविध सांस्कृतिक प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई सम्मान गरिनुका साथै अभिभावकहरूलाई प्रशंसापत्र वितरण गरिएको थियो । खेलकुद क्षेत्रका विद्यार्थीहरूलाई पनि विशेष पुरस्कार प्रदान गरिएको थियो ।
गोदावरी नगरपालिकाका नगर उप प्रमुख शारदा देवि रोकाया, नगर प्रवक्ता गोपालदत्त भट्ट, प्याब्सन प्रतिनिधि लगायतको उपस्थिति रहेको वार्षिकोत्सव कार्यक्रममा विद्यार्थीहरुले विभिन्न कला संस्कृति झल्काउने प्रस्तुती देखाएका थिए ।
२०४५ सालमा स्थापना भएको उक्त विद्यालय हाल कक्षा १० सम्म पढाई हुँदै आएको छ । विद्यालयमा करिब १ हजार विद्यार्थीहरु अध्ययनरत रहेको विद्यालयका सञ्चालक भण्डारीले बताए ।
उनले बालबालिकाहरुलाई गुणस्तरिय शिक्षा प्रदान गर्न सुविधा सम्पन्न भौतिक पुर्वाधार निर्माण गर्नुका साथै जनशक्तिको समेत उचित व्यवस्थापन गरिएको बताए ।

