धनगढीमा नवजीवन सहकारीद्वारा विद्यार्थीलाई पोशाक वितरण

धनगढी- धनगढी स्थित देशकै अग्रणी सहकारी संस्था नवजीवन सहकारी संस्थाले धनगढीका दुई विद्यालयका छात्राहरुलाई पोशाक वितरण गरेको छ ।

Ganyapdhura gau
Dadhaldhura pur

धनगढी उपमहानगरपालिकाको नगर प्रमुख शैक्षिक सुधार कार्यक्रममा सहयोग गर्दै, संस्थाले आज भवानी माध्यमिक विद्यालय (वडा नं. ९) र सिद्धनाथ माध्यमिक विद्यालय (वडा नं. १२) का छात्राहरुलाई पोशाक वितरण गरेको हो। धनगढी उपमहानगरपालिकाको नीतिअनुसार, शैक्षिक सुधार कार्यक्रममा योगदान गर्ने व्यक्ति वा संस्थाबाटै सम्बन्धित विद्यालयलाई आवश्यक सामग्री वितरण गरिन्छ।

Navadurga sun

संस्थाका अध्यक्ष देवबहादुर बम र महाप्रबन्धक गम्बरसिंह गुरुले संयुक्त रूपमा पोशाक वितरण गरेका हुन् । यस अघि, नवजीवन सहकारी संस्थाले नगर प्रमुख शैक्षिक सुधार कोषमा २ लाख १० हजार रुपैयाँ सहयोग गरेको थियो, जसबाट उक्त पोशाक वितरण गरिएको हो ।

सहकारीले धनगढी उपमहानगरपालिकाको हरियाली धनगढी अभियानमा समेत योगदान दिएको छ । यसै क्रममा, धनगढीको कैलाली पुल देखि रातो पुलसम्म ट्रिगार्ड सहित वृक्षारोपण गरिएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...