कैलालीबाट लागूऔषधसहित चार जना पक्राउ

धनगढी । कैलालीबाट लागूऔषधसहिहत चार जनाा पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका–१ पुष्पलाल चोक नजिकबाट सोही ठाउँ बस्ने २१ वर्षीय अर्जुन कडायत र २८ वर्षीय सन्तोष घिमिरेलाई १८० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शनिवार नियन्त्रणमा लिएको जनाएको छ।

यस्तै कैलालीको टीकापुर नगरपालिका–७ बनगाउँ स्थित सडक खण्डमा लागू औषध खरिद तथा बिक्री वितरण भई रहेको भन्ने विशेष सुचनाको आधारमा टीकापुर–९ बस्ने २५ वर्षीय अजय चौधरी समेत दुई जनालाई २ ग्राम ८९० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित इलाका प्रहरी कार्यालय टीकापुर कैलालीबाट खटिएको प्रहरी टोलीले शनिवार नियन्त्रणमा लिएको जनाएको छ।

 

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...