



धनगढी । धनगढीको केजी हस्पिटलमा एक महिलाको मृत्यु भएको छ। हस्पिटलमा उपचाररत अछामको मंगलसेन नगरपालिका–१ घर भएर धनगढीमा डेरा गरि बस्ने ५६ वर्षीया बिना चौधरीको आज बिहान ६ बजे मृत्यु भएको हो।


जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार चौधरी फोक्सो, पिसाब र सुगर सम्बन्धी बिरामी रहेकी थिइन्। उनी श्रीमान भोला चौधरीसँगै धनगढी उपमहानगरपालिका–२ मा बस्दै आएकी थिइन्।

