कैलालीबाट लागूऔषध सहित तीन जना पक्राउ

धनगढी । कैलालीबाट लागू औषध सहित तीन जना पक्राउ परेका छन्। बिहीबार धनगढीका छुट्टाछुट्टै स्थानबाट लागू औषध सहित ३ जना युवा पक्राउ परेका हुन्। धनगढी उपमहानगरपालिका– १३ राजपुरबाट लागू औषध हित गोदावरी नगरपालिका–५ का २६ वर्षीय मनोज राना ६२० मिलिग्राम लागू औषध खैरो हेरोइन सहित पक्राउ परेका छन्।

यस्तै धनगढी उपमहानगरपालिका– १२ “सी” गाउँबाट सोही ठाउँका २३ वर्षीय किसन बिकलाई २९० मिलिग्राम लागू औषध खैरो हेरोइन सहित पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।

Navadurga sun

धनगढी उपमहानगरपालिका–१२ “सी” गाउँबाटै ३५ वर्षीय हरि सिंह थापा पनि २६० मिलिग्राम लागू औषध खैरो हेरोइन सहित पक्राउ परेका छन्। पक्राउ परेका तिनै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...