गौरीगंगाको कैलाली भिजन बोडिङ स्कुलको वार्षिकोत्सव सम्पन्न

अत्तरिया- गौरीगंगा नगरपालिका–६,कठौतीमा रहेको कैलाली भिजन बोडिङ स्कुलको २० औँ बार्षीकोत्सब मनाएको छ । विद्यालयको प्रांगणमा विविध सांस्कृतिक कार्यक्रम सहित वार्षिकोत्सव मनाएको हो ।

स्कुलका प्रधानाध्यापक ध्वजबहादुर बोगटीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि गौरीगंगा नगरपालिका–६,का वडा अध्यक्ष टेकबहादुर कुँवर रहेका थिए । भएको कार्यक्रमका विशिष्ट अतिथि डेउडा गायक सुरत रावत रहेका थिए ।

Navadurga sun

अन्य अतिथिहरुमा बनबेहडा खानेपानी उपभोक्ता तथा सरसफाइ समिति सचिव हेमन्तराज जोशी (बाजे , बिणा बिद्या मन्दिर प्र.अ.दल बोगटी, कैलाली भिजन स्कुल प्रअ ध्वज बोगटी, अमर माबिका प्रअ उजिर सिं कुँवर, रानिफाँटा सामुदायिक बन अध्यक्ष चक्र बोगटी, आधारभूत स्वास्थ केन्द्र प्रमुख गणेश उपाध्याय, बनबेहडा खानेपानी सरसफाइ समिति अध्यक्ष बहादुर खडका लगायतकाले सुभकामना मन्तव्य ब्यक्त गरेका हुन ।

२०६२ सालमा स्थापना गरिएको सो विद्यालयमा करिब ५३५ बिद्यार्थी, २३ जना शिक्षक रहेको छन् । साथै यसै सैक्षिक सत्र देखि कक्षा ९ को पठनपाठन संचालन गरेको विद्यालयका प्र.अ.ध्वजबहादुर बोगटी ले जानकारी गराए ।

कार्यक्रममा विद्यालय द्वारा आयोजित विभिन्न विधा हाजिरीजवाफ, दौड, फुटवल खेल र उत्कृष्ट नतिजा ल्याउने छात्र–छात्राहरु लाई पुरस्कार, ट्रफी र प्रमाणपत्र वितरण गरिएको थियो ।

विधालयकि शिक्षिका पशुपति वमले स्वागत मन्तव्य व्यक्त गरे कार्यक्रममा विद्यार्थीहरु द्वारा विभिन्न नृत्यहरु प्रस्तुति रहेको कार्यक्रमको संचालन शिक्षक ललित कार्कीले गरेको हो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...