धनगढीबाट युवक र युवती लागूऔषधसहित पक्राउ

धनगढी । कैलालीको धनगढीबाट एक युवक र युवती लागूऔषधसहित पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–३ राष्ट्रिय वाणिज्य बैंक नजिकबाट सोही ठाउँ बस्ने ३६ वर्षीया सुर्जा नाथ ३ ग्राम ९१० मिलिग्राम लागूऔषध (खैरो हेरोइन) सहित पक्राउ परेकी हुन्।

नाथलाई मंगलवार वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।  यसैगरी धनगढी उपमहानगरपालिका–३ बोराडाँडीबाटै कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ बस्ने ३३ वर्षीय भरत नाथ पक्राउ परेका हुन्।

Navadurga sun

भरतलाई १ ग्राम ३० मिलिग्राम खैरो हेरोइनसहित वडा प्रहरी कार्यालय धनगढी र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...