मानवसेवा आश्रमले गर्यो सुदूरपश्चिमका ४ जनालाइ सम्मान

धनगढी- मानवसेवा आश्रमले सुदूरपश्चिमका ४ जनालाइ सम्मान गरेको छ । आइतबार महायज्ञको अवसरमा  सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रमा क्रियाशिल व्यक्तिहरूको कार्यको उच्च मूल्याङ्कन गर्दै  आश्रमले प्रमाण–पत्र खादा  रूद्राक्ष मालासहित सम्मान गरेको हो ।

सम्मानित हुनेहरूमा सुदूरपश्चिम प्रदेशका विभिन्न पर्यटकीय क्षेत्रमा जोखिमपूर्ण साइकल यात्रा गरी आन्तरिक पर्यटन प्रवद्धर्नमा टेवा पुर्याएका गोदावरी नगरपालिका–८ मझगाउँ निवासी भरतविक्रम शाह,  १०८ पटक रक्तदान गरी मानव जीवन रक्षार्थ पुर्याएको योगदान कदर गर्दै  धनगढी उपहानगरपालिका–५ का दीपक प्रसाद उपाध्यायलाई सम्मान गरेको हो । 

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

यस्तै सुदूरपश्चिम प्रदेशको समग्र शिक्षा क्षेत्रको विकासमा पुर्याएको योगदानको उच्च मूल्याङ्न गर्दै सुदूरपश्चिम विश्वविद्यालयका पूर्व रजिस्टार तथा शिक्षाविद् धनगढी उपहानगरपालिका–५ का प्रा.डा. हेमराज पन्त र धनगढी उपमहानगरपालिका–५ निवासी एश्वर्य बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख धर्मदेव भट्टलाई समेत सम्मान गरिएको छ । भट्टले सुदूरपश्चिम प्रदेशको शिक्षा क्षेत्रक र समग्र विकासमा पुर्याउन योगदानको लागि सम्मान प्रदान गरिएको आश्रमले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशका मूर्धन्य व्यक्तित्वहरूलाई आश्रमले सम्मान गर्न पाउनु गर्वको कुरा रहेको  मानवसेवा आश्रमका संस्थापक केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताए । मानवसेवा आश्रमले सुदूरपश्चिम प्रदेश कैलाली धनगढी शाखाको भवन निर्माण गर्ने उद्देश्यले महायज्ञको आयोजना गरेको हो ।

माघ २३ गतेदेखि धनगढीको  पशुपति टोलमा सुरू भएको महायज्ञ सुदूरपश्चिम महोत्सव हुने ३० गतेसम्म सञ्चालन हुनेछ भने मानवसेवा आश्रमले कैलाली धनगढी शाखाको भवन निर्माण गर्ने उद्देश्यले महायज्ञको आयोजना गरेको हो ।

Loading...