कैलालीमा ५ दिनको अवधीमा लक्ष्यको ६५ प्रतिशत किशोरीले लगाए एचपीभी खोप

धनगढी- कैलालीमा लक्ष्यको ६५ प्रतिशत किशोरीले एचपीभि खोप लगाएका छन । जिल्लामा ५ दिनको अवधीमा लक्ष्यको ६५ प्रतिशत किशोरीहरुले पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभि खोप लगाएका हुन ।

udhok dadeldhura

स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुँवरले २२ माघदेखि आइतबारसम्म जिल्लाभरका ३२ हजार ८८२ जना बालिका र किशोरीलाई एचपीभी खोप लगाइएको जानकारी दिए ।

उनकाअनुसार विभिन्न खोप केन्द्रमार्फत ६ कक्षा देखि १० कक्षा सम्म अध्ययनरत १०–१४ वर्ष उमेर समूहका बालिका र किशोरीलाई खोप लगाइएको हो । स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार पहिलो दिन ४ हजार ८३९, दोस्रो दिन ९ हजार २७५, तेस्रो दिन ७ हजार ९७०, चौंथो दिन ५ हजार १०९ र पाचौं दिन ५ हजार ६८९ जनालाई खोप लगाइएको छ ।

स्वास्थ्य कार्यालयले एचपीभी खोप अभियान अन्तरगत जिल्लाभरका ५० हजार ६ सय १६ बालिका तथा किशोरीलाई खोप लगाउने लक्ष्य राखेको छ । त्यसमा ६ देखि १० कक्षा सम्म अध्ययन गर्ने ४७ हजार ३२६ जना छात्रा र तीन हजार २८७ जना विद्यालय बाहिर रहेकाहरू छन् ।

Loading...