महिनावारी भएकालाई बाटो हिँड्न रोक

बाजुरा- बाजुराका अधिकांश गाउँबस्तीका महिनावारी भएका महिलालाई मठमन्दिरनजिकका बाटो हिँड्न मनाही गरिँदै आएको छ ।

Dadeldhura hospital

यहाँका अधिकांश गाउँबस्ती जाने बिच बाटोमा मठमन्दिर छन् । महिनावारी भएका महिलाले ती मठमन्दिरनजिकका बाटोमा कहिल्यै हिँड्न पाउँदैनन् । महिनावारी हुँदा महिलाले ती बाटोमा हिँडेपछि गाउँमा अनिष्ट हुने र देवीदेउता पनि रिसाउँछन् भन्दै यहाँका धामीझाँक्रीले डर देखाउने गरेकाले उनीहरू ती बाटो हिँड्न छाडेका छन् ।

Navadurga sun
Godawari sandesh

महिनावारी भएका बेला मठमन्दिरनजिकको बोटामा हिँडेपछि गाउँमा धामीझाँक्री रिसाउने गर्छन् । त्यसैले आफूहरू महिनावारी हुँदा ती बाटोमा हिँड्न छाडेको बुढीगङ्गा नगरपालिका–१०, बदेडाकी स्थानीय (नाम परिवर्तन) पवित्रा विकले बताइन् ।

उनले भनिन्, “माथि गाउँ छ, तल वन छ, त्योबिचमा कालापालत देउताको ठुलो मन्दिर छ । वनमा घाँसदाउरा ल्याउन त्यही बाटो जानुपर्ने भए पनि देउताको डरले नै म त्यो बाटोमा कहिल्यै गएकी छैन ।” महिनावारी हुँदा दुध, दही, महीलगायतका पोसिला खानेकुरा त टाढाको कुरा, बाटोमा समेत हिँड्न नपाउँदा आफूलाई यो समाजले निकै अन्याय गरेको विकले बताइन् ।

Loading...