गोदावरी ६ मा रहेको बडेहा बिजौरा खानेपानीको अध्यक्षमा पन्त र सचिवमा महरा विजयी

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नम्बर-६ मा रहेको बडेहा बिजौरा खानेपानी उपभोक्ता तथा सरसफाई समितिको अध्यक्षमा चेतराज पन्त र सचिवमा महरा विजयी भएका हुन् । अध्यक्ष पन्त  १४१ मत सहित विजयी भएका हुन् । 

Dadeldhura hospital

नयाँ नेतृत्व चयनका लागि शनिबार भएको निर्वाचनबाट पन्त विजयी भएका हुन्  । खानेपानि संस्थाको अध्यक्ष पदका लागि ५ जनाले उम्मेदवारी दिएका थिए । त्यस्तै समितिको उपाध्यक्षमा गिरीराज भण्डारी निर्वाचित भएका छन् ।

Navadurga sun
Godawari sandesh

उनले १७६ मत प्राप्त गरे । सचीवमा विजयी भएका महराले १९२ मत प्राप्त गरेका हुन् । त्यस्तै समितिको कोषाध्यक्षमा २१७ मतसहित चित्रा कुमारी भट्ट विजयी भएकी छिन् ।

सदस्यहरुमा मंगलराम चौधरी,लाल बहादुर मल्ल,जानकी शाह,ईश्वरी कुमारी शाह,इन्द्र बहादुर थापा,निर्मला ताम्राकार विक र पूर्ण बहादुर चन्द विजयी भएका छन् । ६०७ उपभोक्ता तथा मतदाता रहेको उक्त खानेपानी संस्थामा ४६७ मत खसेको थियो ।

Loading...