धनगढीमा विकास आयोजनाको काममा व्यस्त परराष्ट्रमन्त्री राणा

धनगढी । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आइतबार दिनभर विकास निर्माणका योजनाको उद्घाटन तथा शिलान्यास कार्यक्रममा व्यस्त बन्नुहुने भएको छ। धनगढी उपमहानगरपालिकाले निर्माण सम्पन्न गरेका तथा सुरु हुने योजनाको उद्घाटन र शिलान्यासमा सहभागिता रहने धनगढी उपमहानगरपालिकाले सार्वजनिक गरेको सूचनामा उल्लेख छ।

उनी बिहान ९ बजेदेखि नै व्यस्त छिन्। नेपाल विद्यार्थी संघ धनगढी नगर कार्यसमितिले आयोजना गरेको लागुऔषध विरुद्धको पैदल यात्रामा सहभागी भए पश्चात उहाँ विकास आयोजनाको उद्घाटन तथा शिलान्यास कार्यक्रममा सहभागी हुने छिन् ।

Navadurga sun

जस अन्तरगत धनगढी उमहानगरपालिका वडा नम्बर १९ स्थित जनप्रिय आधारभूत विद्यालयको भवन, १७ मा रहेको दमौलिया झोलुङ्गे पुल, ११ मा रहेको जोकैया पक्की पुल, २ नम्बर वडा कार्यालयको प्रशासनिक भवनको उद्घाटन कार्यक्रम छ। आइतबार नै वडा नम्बर १६ मा रहेको बेहडाबाबा माद्यामिक विद्यालयको पक्की भवनको शिलान्यास कार्यक्रम रहेकोे छ।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...