कञ्चनपुरबाट लागूऔषधसहित तीन जना पक्राउ

कञ्चनपुर । कञ्चनपुरबाट लागूऔषधसहित ३ जना पक्राउ परेका छन्। पुनर्वास नगरपालिका १० अमरबस्ती स्थित चकमेली बजारबाट कैलालीको गोदावरी नगरपालिका–१ बस्ने २८ वर्षीय सुरेश चौधरी र २५ वर्षीय रबिन्द्र ओली पक्राउ परेका छन्।

दुबै जनालाई १ ग्राम २० मिलिग्राम लागूऔषध (खैरो हेरोइन) सहित इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

Navadurga sun

यस्तै पुनर्वास नगरपालिका–११ डोकेबजारबाट पुनर्वास नगरपालिका–१० भिमबस्ती बस्ने २० वर्षीय रोसन सिंह साउद पक्राउ परेका छन्।

साउदलाई नाइट्राजन पाम १० ट्याब्लेट १३ थान र स्पास्मो क्याप्सुल २१ थानसहित प्रहरी चौकी परासन, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...