कैलालीबाट लागूऔषधसहित आठ जना पक्राउ

धनगढी । कैलालीबाट लागूऔषधसहित एकैदिन आठ जना पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका–३ ब्यारेल नजिकबाट धनगढी उपमहानगरपालिका–८ बस्ने ३५ वर्षीय राम विशाल राना र २८ वर्षीय हरि रानालाई २ ग्राम ६९० मिलिग्राम लागूऔषधसहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ।

टीकापुर नगरपालिका–३ शंकरपुर स्थित सडक खण्डबाट सोही ठाउँ बस्ने २६ वर्षीय नरेश शाहीलाई ९० मिलिग्राम खैरो हेरोइनसहित इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

Navadurga sun

यसैगरी गोदावरी नगरपालिका–२ पहाड रोड स्थित बसपार्क नजिकबाट गोदावरी नगरपालिका–१ बस्ने २६ वर्षीय राजन हमाललाई १३० मिलिग्राम खैरो हेरोइनसहित र गोदावरी नगरपालिका–३ मालिका टोल जाने बाटो नजिकबाट सोही ठाउँ बस्ने १९ वर्षीय तिलक थापा, २१ वर्षीय मनोज सार्की र गोदावरी नगरपालिका–१ बस्ने २३ वर्षीय नितेस महरालाई ५८० मिलिग्राम लागू औषध खैरो हेरोइनसहित इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

उता गौरीगंगा नगरपालिका–१ चौमाला बजारबाट कञ्चनपुरको शुक्लाफाटा नगरपालिका–२ बस्ने २९ वर्षीय खगेन्द्र महरालाई ९० मिलिग्राम खैरो हेरोइनसहित इलाका प्रहरी कार्यालय चौमालाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ। विभिन्न स्थानबाट पक्राउ परेका माथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...