डोटीमा लागूऔषधसहित तीन जना पक्राउ

डोटी । डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिका-२ मा लागूऔषधसहित तीन जनालाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको छ । बुधबार साँझ दिपायल बस्ने ३० वर्षीय कमल अग्रवाललाई शंका लागि जाँच गर्दा ०.४२० ग्राम खैरो हिरोइन जस्तो देखिने पदार्थ फेला परेको थियो। प्रारम्भिक सोधपुछमा उनले उक्त लागूऔषध २२ वर्षीय दिनेश रोकायाबाट किनेको बताएका थिए ।

घटनाको अनुसन्धान गर्दै जाँदा प्रहरीले दिनेश रोकायालाई पक्राउ गरेपछि थप अनुसन्धानको क्रममा उनी १९ वर्षीय अर्जुन बोहराको कोठामा बस्दै आएको खुल्न आएको थियो।

Navadurga sun

त्यसपछि प्रहरी टोलीले अर्जुन बोहराको कोठामा छापा मारेर दिनेश रोकाया र अर्जुन बोहरासहित तीन जनालाई नियन्त्रणमा लिएको छ। हाल उनीहरूलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

 

 

ADD Khali jpg
ADD Khali jpg
Loading...