काग्रेंस सभापति कलौनी मृत्यु प्रकरण: पोस्टमार्टम रिपोर्टमा खुलेन मृत्युको कारण

कैलाली- कञ्चनपुरमा शनिबार बिहान मृत फेला परेका नेपाली कांग्रेस भीमदत्त नगर सभापति अच्युत कलौनीको घटना थप रहस्यमय बनेको छ । पोस्टमार्टम रिपोर्टमार्फत घटनाको सत्यतथ्य सार्वजनिक हुने अपेक्षा गरिएका बेला पोस्टमार्टम रिपोर्टमा नै मृत्युको ठोस कारण खुल्न नसकेपछि प्रहरीले थप परीक्षणको तयारी गरिरहेको छ । शनिबार बिहान भीमदत्त नगरपालिका मामा भाञ्जा चोक नजिक घोप्टो परेको अवस्थामा उनको शव फेला परेको थियो । शुक्रबार राति ९ः३३ बजेसम्मको सीसीटीभी फुटेजमा देखिएका कलौनी त्यसको केही मिटर पर मृत फेला परेका थिए ।

Ganyapdhura gau

परिवारका सदस्यहरूले उनको हत्या भएको आशङ्कामा अनुसन्धान गर्न आग्रह गरिरहेका छन् । प्रहरीले भने विभिन्न कोणबाट घटनाको अनुसन्धान गरिरहेको जनाएको छ । ‘पहिलो चरणमा पोस्टमार्टम रिपोर्टबाट घटनाबारे केही तथ्य सार्वजनिक होला भन्ने अपेक्षा गरेका थियौं’, अनुसन्धानमा खटिएका एक उच्च प्रहरी अधिकारीले भने, ‘पोस्टमार्टम रिपोर्टले पनि मृत्युको ठोस कारण खुलाउन सकेको छैन ।’ घटना हुनुभन्दा केही समयअघि कलौनी अस्पतालमा ग्यास्ट्रिकको औषधि लिन गएको प्रहरीले ठहर गरेको थियो । उनको साथमा प्रहरीले औषधि पनि भेट्टाएको थियो । मृत फेला परेका कलौनीको बाहिर चोट देखिएको थिएन । पोस्टमार्टम रिपोर्टमा भित्री चोट पनि नदेखिएको प्रहरीको भनाइ छ ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

घटनाको भोलिपल्टै भेरी अस्पताल नेपालगञ्जका फरेन्सिक विज्ञसहितको डाक्टरको टोलीले कञ्चनपुर पुगेरै पोस्टमार्टम गरेको थियो । त्यसको रिपोर्ट आज आएको छ । रिपोर्टमा भित्री बाहिरी चोट नदेखिएको, तर ‘अक्लुजन’का कारण मृत्यु भएको हुनसक्ने सङ्केत गरेको छ । ठोस कारण भने रिपोर्टमा छैन । पोस्टमार्टमको रिपोर्टबाट मात्रै घटनाको तथ्य सार्वजनिक हुन नसकेपछि प्रहरीले मुटुको थप परीक्षण गर्ने तयारी गरेको छ । कलौनीको मुटु परीक्षण गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइने भएको छ । त्यस्तै नेपाल प्रहरी विधि विज्ञान प्रयोगशाला नेपालगञ्जमा भिसेरा परीक्षणको तयारी गरिएको छ ।

‘मुटु र भीसेरा परीक्षणपछि थप केही तथ्य सार्वजनिक होला’, अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले भने, ‘पोस्टमार्टम रिपोर्टमा धेरै कुरा आएन ।’ कलौनीले प्रयोग गर्दै आएको मोबाइल अझैसम्म प्रहरीले फेला पार्न सकेको छैन । ‘पर्स झरेको अवस्थामा भेटिएको थियो । पर्समा पैसा भने थिएन’, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले भने, ‘मोबाइल भने भेटिएको छैन । हामी मोबाइल खोजी रहेका छौं ।’

प्रहरी नायब उपरीक्षक जोशीले अहिलेसम्म पनि घटनाबारे अनुसन्धान भइरहेको बताए । नगर सभापतिको रहस्यमय मृत्युको घटना सार्वजनिक भएपछि कांग्रेस नेतासमेत रहेका गृहमन्त्री रमेश लेखक गृह जिल्ला कञ्चनपुर पुगेका थिए । गृहमन्त्रीलाई भेटेका मृतक कलौनी परिवारले उनको हत्या भएको भन्दै सत्यतथ्य छानबिनको माग गरेका थिए । नेपाल विद्यार्थी सङ्घबाट राजनीति थालेका कलौनी पछिल्लो समय नगर सभापतिसँगै महेन्द्रनगरको बैजनाथ माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष पनि थिए ।

Loading...