गाउँपालिकाका कृषकहरूलाई फलफूल बिरुवा प्रसारण सम्बन्धी पाँच दिने तालिम सुरु

डोटी-  डोटीको बोगटान फुड्सिल गाउँपालिकामा कृषकहरूलाई फलफूल बिरुवा प्रसारण सम्बन्धी पाँच दिने तालिम सुरु भएको छ । बोगटान फुड्सिल गाउँपालिका कृषि शाखाले आयोजना गरेको तालिमको मङ्गलवार एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष कमल बहादुर गड्सिलाले उद्‌घाटन गरेका हुन् ।

तालिमको उद्घाटन गर्दै अध्यक्ष गड्सिलाले तालिममा फलफूल बगैँचा निर्माण, काट छाड, कृषि उत्पादनमा वृद्धि, नयाँ नयाँ फलफूलको बारेमा जानकारी गराउनुका साथै नयाँ प्रविधिको बारेमा जानकारी गराइने भएकोले तालिमको अति महत्त्वपूर्ण रहेने बताउनु भयो । 

Navadurga sun

किसानहरूका लागि पालिकाले आफै विभिन्न कार्यक्रम सञ्चालन गर्नुका साथै अन्य विभिन्न सङ्घ संस्था, ज्ञान केन्द्र प्रदेश सरकारको सहकार्यमा किसानहरूलाई सहयोग पुग्ने विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको समेत बताए ।

तालिमले बोगटान फुड्सिल गाउँपालिकाकाको कृषिमा टेवा पुर्‍याउन मदत गर्नुका साथै किसानको आयआर्जनमा सहयोग पुग्ने भएकोले तालिमबाट सिकेका कुराहरूलाई कृषकहरूले आफ्नो व्यवहारमा उतार्नु पर्ने बताए । 

कृषकहरूलाई फलफूल सम्बन्धी विभिन्न विषयमा जानकारी गराउने उद्देश्यले तालिमको आयोजना गरेको बोगटान फुड्सिल गाउँपालिकाका कृषि शाखा प्रमुख योगेन्द्र विक्रम बोगटीले बताए । तालिममा गाउँपालिका अन्तरगत सबै वडाबाट २१ जना किसानहरूको सहभागिता रहेको जनाइएकाे छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...