आज विश्व क्यान्सर दिवस

काठमाडौं । आज फेब्रुअरी ४ अर्थात् विश्व क्यान्सर दिवस। नेपालमा ‘पृथकतामा एकता स् क्यान्सर भोगाइका कथाहरू’ नाराका साथ विश्व क्यान्सर दिवस मनाइँदैछ। विश्व स्वास्थ्य सङ्गठनका अनुसार क्यान्सरले गराउने कुल मृत्युको करिब एक तिहाइ सुर्तीजन्य पदार्थको सेवन, मदिरा सेवन, असन्तुलित आहारका कारण र नियमित व्यायामको कमीले हुने गरेको छ।

Ganyapdhura gau

बाँकी क्यान्सरका कारणमा विकिरणको प्रभाव, वातावरणीय प्रदूषणका साथै अन्य सङ्क्रमण छन्। क्यान्सर लाग्दैमा डराउनु नपर्ने भन्दै प्रारम्भिक चरणमा पहिचान भएमा निर्मूल हुने चिकित्सक बताउँछन्।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

सही समयमा क्यान्सर पहिचान भएमा यसको उपचार सम्भव रहेको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीले बताए। ‘क्यान्सरका चार चरण हुन्छछन्। शून्यदेखि तेस्रो चरणसम्मको क्यान्सरलाई पूर्ण रूपमा निको पार्न सकिन्छ’, उनले भने, ‘चौथो चरणकोलाई पनि नियन्त्रण गर्न सकिन्छ। क्यान्सर एक ठाउँबाट सरेर अर्को ठाउँमा गयो भने खतरनाक हुने उहाँको भनाइ छ।

क्यान्सरको उपचारमा नेपाल विश्वको तुलना सस्तो रहेको भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा। उज्ज्वल चालिसेले बताए। उनका अनुसार सरकारी अस्पतालमा ४० देखि ५० हजारसम्ममा क्यान्सरको शल्यक्रिया हुन्छ। त्यही उपचार निजी अस्पतालमा गर्दा पाँच लाख रुपैयाँसम्म लाग्ने उनले बताए।

सन् २०२० को तथ्याङ्क अनुसार क्यान्सरले नेपालमा १६ हजार ६२९ जनाको मृत्यु भएको थियो। नेपालमा फोक्सो, पाठेघर, मुख, स्तन, पेट र आन्द्राको क्यान्सर मुख्य छन्।

 

Loading...