गोदावरी नगरका विद्यालयहरूले मनाए सरस्वती पूजा

अत्तरिया- सोमबार देशभर श्रीपञ्चमी अर्थात् बसन्त पञ्चमीका अवसरमा विद्याकी देवी सरस्वतीको पूजा–आराधना गरी विभिन्न विद्यालयहरूमा विविध कार्यक्रम आयोजना गरिएको छ । यस अवसरमा बालबालिकालाई पहिलो पटक अक्षर लेख्न सिकाउने (अक्षराम्भ) पनि गरिन्छ ।

यसैगरी जिल्ला कैलालीको गोदावरी नगरपालिकाका विभिन्न विद्यालयमा पनि सरस्वती पुजा गरिएको छ । दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालय, घटेश्वर मावि, किड्स जोन, सत्यवती एकेडेमी, भागेश्वर आधारभूत विद्यालय, सक्षम पाठशाला लगायतका शैक्षिक संस्थाहरूले सरस्वती पूजाको अवसरमा भव्य कार्यक्रम सम्पन्न गरेका हुन् । विद्यार्थीहरूले पुस्तक, कलम, कलासम्बन्धी सामग्री तथा संगीतका वाद्ययन्त्रहरूको पूजा गरी सरस्वतीको आराधना गरेका छन् ।

godawari10 Mahila hinsa
Navadurga sun

सक्षम पाठशालाका प्रिन्सिपल तर्क राज भट्टराई सरस्वती माताको पूजा गर्नु हुँदै मनाएका छन् ।

Dadeldhura hospital

कयौ विद्यालयहरूमा नृत्य प्रतियोगिता, हस्तकला प्रदर्शनी, सरस्वती वन्दना वाचन, सांस्कृतिक कार्यक्रम तथा अक्षराम्भ कार्यक्रम आयोजना गरिएको थियो । सरस्वती पूजाका अवसरमा विशेष छुटका साथ विद्यार्थीहरूलाई भर्ना गर्ने अभियान समेत सञ्चालन गरिएको छ ।

विद्यालयका अनुसार सरस्वती पूजाका अवसरमा विद्यार्थी, शिक्षक, तथा अभिभावकहरू बीच शुभकामना आदानप्रदान गर्दै प्रसाद वितरण गरिएको थियो ।

यसरी गोदावरी नगरपालिकाका विद्यालयहरूले सरस्वती पूजाको अवसरमा विविध कार्यक्रमहरू आयोजना गरी भक्तिपूर्वक र भव्य रूपमा यो पवित्र पर्व मनाएका छन् ।

Loading...