सुदूरपश्चिम प्रदेशको विकास र संवृद्धिका विषयमा आफू गम्भीर : प्रधानमन्त्री ओली

धनगढी- प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशको विकास र संवृद्धिका विषयमा आफू गम्भीर रहेको बताएका छन् । आइतबार राति संघीय सरकारमा रहेका सुदूरपश्चिममा मन्त्री, प्रदेशका मुख्यमन्त्री, पूर्व मुख्यमन्त्री र प्रदेश मन्त्रीसहितको टोलीसँग प्रधानमन्त्री ओलीले विकासको गति बढाउने गरी लाग्नु पर्ने बताएका थिए । आइतबार राति करिब १ घण्टासम्म सुदूरपश्चिमको राजधानी, शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय, औद्योगिक क्षेत्र, सुख्खा बन्दरगाह, सहिद घोषणा लगायतका विषयमा प्रधानमन्त्रीले बालुवाटारमा छलफल गरेका हुन् । सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले प्रदेशको विकासका विषयमा ६ बुँदे माग पत्र राखेका थिए ।

उनको माग पत्रमा दोधारा चाँदनी सुख्खा बन्दरगाह,दैजी छेला औद्योगिक क्षेत्र, महाकाली कोरिडोर,खुटिया दिपायल उरै मार्ग , सेती लोकमार्ग र दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय निर्माणमा अझै तीव्रता दिनुपर्ने, देवाटबी पर्यटकीय सर्किट निर्माण गरिनु पर्ने छन् । प्रदेशको राजधानी, प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय योजना आयोग, विश्व विद्यालय लगायतको नेतृत्वमा प्रदेशको प्रतिनिधित्व सुनिश्चित गर्न, प्रदेशमा कम्पनी रजिस्ट्रारको कार्यालय र वाणिज्य कार्यालयको व्यवस्था गर्न पनि पूर्व मुख्यमन्त्री रावलले लिखित रूपमा प्रधानमन्त्री ओलीसँग आग्रह गरेका थिए ।

godawari10 Mahila hinsa
Navadurga sun

दैजी छेला औद्योगिक क्षेत्र लगायतका केही विकास निर्माणमा रुख कटानी आदेश ढिला आउँदा काम प्रभावित भइरहेको भन्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले विकासमा बन बाधक नहुनेगरी नीतिगत सुधारको आवश्यकता रहेको बताएका थिए । उनले सुदूरपश्चिममा विकासले गति पाइरहेको भन्दै सुख्खा बन्दरगाह,औद्योगिक क्षेत्र र स्वास्थ्य विज्ञान विश्वविद्यालय निर्माण भए प्रदेशको कायापलट हुने बताएका थिए ।

Dadeldhura hospital

परराष्ट्र मन्त्री आरजु राणा देउवाले प्रदेशको विकासमा सबै एकमत हुनुपर्ने बताएकी थिइन् । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले प्रदेश सरकारले केही समय अघि बलदेव शाही ९बाकाबीर० र लोकराज ढकाललाई सहिद घोषणाका लागि सिफारिस गरिएको भन्दै सहिद घोषणको लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका थिए । यही प्रसङ्गमा पूर्व मुख्यमन्त्री रावलले ओमजंग विद्रोहको बेला राज्यबाट मारिएका बैतडीका बले रिचपल्यालाई पनि सहिद घोषणा गर्नुपर्ने बताएका थिए ।

मुख्यमन्त्री शाहले राजधानी कार्यान्वयनमा देखिएको समस्या र दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयबारे पनि प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका थिए । प्रधानमन्त्रीले ओलीले दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयबारे थप बुझ्न र निर्माण अघि बढाउन निर्देशन दिन संघीय स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई पनि बालुवाटार बोलाएका थिए ।

ओलीले दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सुरु नहुँदा सुदूरपश्चिममा निर्माण गरिएका भौतिक संरचना प्रयोगविहीन हुन थालेको भन्दै यथाशीघ्र स्वास्थ्य विज्ञान विश्वविद्यालय सुरु गर्नुपर्नेमा जोड दिए । संसद्मा रहेको यससम्बन्धी विधेयकलाई तत्काल पारित गरी आगामी आर्थिक वर्षभित्रै अध्ययन सुरु गर्नेगरी अघि बढ्नु पर्ने प्रधानमन्त्री ओलीको जोड थियो । उनले स्वास्थ्य मन्त्री पौडेललाई यस विषयमा अझै गम्भीर हुनु पर्ने बताएका थिए ।

राजधानी कार्यान्वयनको विषयमा प्रधानमन्त्रीले प्रदेश सरकार र संसद्को विषय रहेको भन्दै प्रदेश स्तरबाटै हल गर्नुपर्ने बताए । ६ वर्ष पहिले प्रदेश सभाले पारित गरेको स्थानमा अझै राजधानी निर्माण हुन सकेको छैन । निर्णय गरिएको क्षेत्रमा बन क्षेत्र रहेको हुँदा भोगाधिकार नपाउँदा र अदालतमा मुद्दा परेको हुँदा त्यहाँ राजधानीको संरचना निर्माण हुन नसकेको बारे प्रधानमन्त्रीलाई जानकारी गराइएको थियो । प्रधानमन्त्रीले प्रदेश सभाबाट यसलाई हल गरिनुपर्नेमा जोड दिँदै कार्यान्वयन नहुने अवस्था सृजना भइरहे विकल्प समेत खोज्नु पर्ने हुनसक्ने सुझाव दिएका थिए ।

Loading...