अदालतद्वारा अन्तरिम आदेशको निरन्तरता : अत्तरिया उद्योग वाणिज्य संघमा मनोनित सदस्य वैध मान्न सकिँदैन

कैलालीको अत्तरिया उद्योग वाणिज्य संघले मनोनित गरेका सदस्यहरू को जिम्मेवारी तत्कालको लागि वैध हुन नसक्ने अदालतले पुनः अन्तरिम आदेश जारी गरेको छ ।

संघका महासचिव शंकर खड्काले दायर गरेको निवेदनमा आज भएको दुबै पक्षका वकिलहरुको बहसपछि उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्ति सिँह थापा र न्यायाधीश अस्मिनकुमार राईको संयुक्त इजलासले अन्तरिम आदेशलाई निरन्तरता दिन आदेश दिएका हुन ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

यस अघि पनि अदालतले अन्तरिम आदेश नै दिएको थियो । गत पुष २८ मा संघका अध्यक्ष कल्याण सिँ बोहराले ६ जनालाई कार्य समितिमा मनोनीत गरेका थिए ।

त्यस विरुद्ध खड्का अदालत गएका थिए । खड्काको पक्षबाट अदिबक्ता सुरेन्द्र भन्डारी र दिपकराज जोशीले बहस गरेका थिए । संघको तर्फबाट अधिबक्ता प्रयागदत्त भट्ट र  बिश्वराज शर्माले बहस गरेका थिए । 

यस्तो छ आदेश :

Oplus_131072
Loading...