भन्सार छलीका सामान बरामद

धनगढी । कैलालीबाट भन्सार छलीका सुर्ति र गुट्खा लगायतका सामान बरामद गरिएको छ। जिल्लाको गोदावरी नगरपालिका–४ वनदेवी नजिक, भजनी नगरपालिका–७ हलौना घाट र भजनी नगरपालिका–६ नवलपुरबाट भन्सार छली गरी ल्याएका अन्दाजी १ लाख १९ हजार ३५० मूल्य बराबरको सामान बरामद गरिएको हो।

सुर्ति, गुड्खा, बिडी, सिद्रा माछा, रातोरसेतो कोरो कपडा, तौलिया, खादा, सिसाको कचौरा, कप सेट, लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले शनिवार विवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...