

अत्तरिया- कैलालीमा नेकपा एमालेका प्रभावशाली युवा नेता बालकृष्ण प्रसाई कैलाली क्षेत्र नम्बर ४ मा अत्यन्त लोकप्रिय छन् ।


निर्वाचनका समयमा युवाहरूलाई संगठित गर्ने प्रमुख भूमिकामा रहँदै आएका प्रसाईलाई पार्टीले पटक–पटक युवा परिचालन संयोजकको जिम्मेवारी दिएको छ । तर, अहिले पार्टीको कैलाली जिल्ला कमिटीमा समेत उहाँलाई समेट्न नसक्नु गम्भीर प्रश्नको विषय बनेको छ ।


झन्डै ५० वर्षको हाराहारीमा पुगेका प्रसाई पार्टीभित्र एक जुझारु कार्यकर्ता तथा प्रभावशाली युवा नेताका रूपमा चिनिन्छन् । तर, पार्टीले उहाँलाई अझै पनि युवा संयोजककै भूमिकामा सीमित राख्नु, जबकि जिल्ला कमिटीमा स्थान नदिनु, गम्भीर विषय हो ।

एमालेका लागि कैलाली क्षेत्र नम्बर ४ रणनीतिक रूपमा महत्त्वपूर्ण क्षेत्र हो । यस्तो अवस्थामा प्रसाई जस्तो अनुभवी व्यक्तित्वलाई उचित जिम्मेवारी दिन नसक्नु पार्टीकै क्षमता माथि प्रश्न उठ्न थालेको छ ।
पार्टीको निर्णय प्रक्रियामा आन्तरिक गुटबन्दी, सन्तुलन मिलाउने प्रयास, र केही नेताहरूको व्यक्तिगत स्वार्थका कारण प्रसाई जस्ता सक्षम नेताहरू ओझेलमा परिरहेको विश्लेषण हुन थालेको छ । यदि पार्टीले यस्ता नेतृत्वदायी पात्रलाई बेवास्ता गरिरह्यो भने संगठन भित्र असन्तुष्टि बढ्ने खतरा रहन्छ ।
पार्टी नेतृत्वलाई प्रसाईले युवा परिचालन र संगठन विस्तारमा देखाएको सक्रियता मन परे पनि औपचारिक रूपमा उच्च तहमा स्थान दिन नसक्नु अन्याय जस्तै देखिन्छ । एमाले जस्तो संगठित दलमा योग्य र प्रभावशाली व्यक्तिहरूलाई उचित जिम्मेवारी नदिनु नेतृत्वकै क्षमता माथि प्रश्न खडा गर्छ ।
यसै कारण, बालकृष्ण प्रसाईलाई पार्टीले कस्तो जिम्मेवारी निर्धारण गर्छ भन्ने चासो बढेको छ । यदि पार्टी भित्रै उहाँलाई अन्याय गरिएको हो भने, त्यसले एमालेको संगठनात्मक एकतालाई चुनौती दिने संकेत देखिएको छ । पार्टी नेतृत्वले यस विषयमा समयमै सोच्नु जरुरी छ, नत्र योग्य नेताहरू ओझेलमा पर्ने प्रवृत्तिले पार्टी भित्र गम्भीर संकट निम्त्याउने सम्भावना देखिन्छ ।





