पशु स्वास्थ्य तथा सेवा व्यवसायी परिषद निर्वाचनमा भूगोल तर्फ सुदूरपश्चिममा बोहरा बिजयी

अत्तरिया- पशु स्वास्थ्य तथा सेवा व्यवसायी परिषद निर्वाचनमा भूगोल तर्फ सुदूरपश्चिममा लाल बहादुर बोहरा बिजयी भएका छन् ।

Dadeldhura hospital

नेकपा एमाले र नेपाली कांग्रेस निकट गठबन्धन बाट उपाध्यक्षका उम्मेदवार काजि बहादुर श्रेष्ठ नेतृत्वको प्यानलबाट बोहरा उम्मेदवार बनेका हुन् । उनले निकटम प्रतिद्वन्दी धन बहादुर चौधरी लाई ९० मतको अन्तरले पछि पार्दै निर्वाचित भएका हुन् । बोहराले ४१७ मत र चौधरीले ३२७ मत प्राप्त गरेका छन भने कुल जम्मा मत ७४९ मत खसेको थियो ।

Navadurga sun
Godawari sandesh

एमाले-कांग्रेस गठबन्धन बाट भूगोल तर्फ सुदूरपश्चिम प्रदेश सदस्यमा उम्मेदवार दिएका बोहरा नेल्टा नेपालका सुदूरपश्चिम प्रदेश संयोजक हुन । सुदूरपश्चिम प्रदेशमा कुल १ हजार ६ सय ६७ जना मतदाता रहेका  थिए । 

बोहराले भूगोल तर्फ सूदुरपश्चिम प्रदेश सदस्यमा निर्वाचित भएपछि आफ्नो प्राथमिकता पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायलाई कानुनी मान्यताका लागि ब्यवस्थित, मर्यादित र गुणस्तरीय बनाउन रहने, एक गाउँ एक प्राविधिक तथा तिनै तहमा करार सेवामा कार्यरत पशु सेवा प्राविधिकहरूको निरन्तरता र दिगो रूपमा व्यवस्थापन गर्ने, पशु सेवामा संग्लन रहेका निजी क्षेत्र एवम् प्राइभेट व्यवसायीलाई दर्ता र नवीकरणमा सरलता ल्याउन र परिषदमा प्रत्यक्ष सरोकार राख्ने ६ वटै पेसागत संस्थाका सदस्यहरू आफ्नो योग्यता, अनुभवसिपका आधारमा पेसागत कार्य गर्न गराउने सुनिश्चितताका लागि आफु सदैव पहल गर्न लाग्ने प्रतिबद्धता व्यक्त गर्नु भएको नेल्टा सुदूरपश्चिम प्रदेश कार्यसमिति सचिव हेमन्त बाजेले जानकारी दिए । 

Loading...