


धनगढी- नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) सुदूरपश्चिमको अध्यक्षमा कालीमैँया चौधरी (उन्नति) सर्वसहमति चयन भएकी छिन् । धनगढीमा शनिवार भएको फोजिनको तेस्रो अधिवेशनबाट उनीलाई अध्यक्षमा सर्वसम्मति गरिएको हो ।



फोनिज प्रदेश कार्य समितिको तेस्रो महाधिवेशनले उपाध्यक्षमा बन्वारी राना (सौरभ), महिला उपाध्यक्षमा चन्द्रिका चौधरी, महासचिवमा भानुप्रताप राना, सचिवमा हरेन्द्र चौधरी, रतनलाल चौधरी र कोषाध्यक्षमा प्रेमलाल चौधरी चयन भएका छन ।


यस्तै सदस्यहरूमा स्वरुप चौधरी, राजेश श्रेष्ठ, रामप्रसाद चौधरी र दानसिंह डङ्गौरा चयन भएका छन । नव निर्वाचित कार्य समितिका पदाधिकारी र सदस्यहरूलाई शनिवार नै फोनिज केन्द्रीय कार्य समितिका वरिष्ठ उपाध्यक्ष लक्की चौधरीले पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन ।





