कञ्चनपुरमा कांग्रेसका नगर सभापति कलौनी मृत भेटिए

कञ्चनपुर- कञ्चनपुरमा नेपाली काँग्रेसका नगर सभापति अच्युत कलौनी मृत अवस्थामा भेटिएका छन् । भीमदत्त नगर सभापति कलौनी शनिबार बिहान भीमदत्त नगरपालिका– १८ को मामाभान्जा चोक नजिकै मृत भेटिएका हुन् ।

Dadeldhura hospital

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) उमेशराज जोशीले पौने ८ बजेको समयमा उनी मृत अवस्थामा फेला परेको बताए । घटनाको अनुसन्धानका लागि धनगढीबाट तालिमप्राप्त कुकुर मगाइएको बताउँदै डीएसपी जोशीले अहिले घटनास्थल सिल गरिएको जानकारी दिए ।

godawari10 Mahila hinsa
Navadurga sun

कलौनीको शरीरमा बाहिर देखिने चोटपटक नदेखिएपनि घोप्टो अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । तालिमप्राप्त कुकुरको प्रयोगपछि मात्र बाँकी काम गर्ने प्रहरीको भनाई छ ।

Loading...